
मृत्यु हुनेहरुमा सोही वडा बस्ने ४६ वर्षीया तारा रुम्बा र २५ वर्षीय कुमार वल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
चट्याङमा परी स्थानीय बासिन्दा पाँच जना सामान्य घाइतेको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मृतकको शव परीक्षणका लागि हेटौँडा अस्पतालमा ल्याइरहेको प्रहरीले जनाएको छ ।