Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

चिकित्सक पक्राउ


मोरङ ३ असार । विराटनगरका चर्चीत तीन जना डाक्टरलाई आज प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा विराटनगर —६ स्थित लाईफ गार्ड अस्पतालका वरिष्ठ चिकित्सकको रुपमा काम गर्ने डा जावेद अख्तर अन्सारी , कोशी अञ्चल अस्पतालमा कार्यरत डा सञ्जय दास र ट्रमा सेन्टर विराटनगरमा कार्यरत डा अव्दुल कलाम हक रहेका छन ।


मोरङका प्रहरी प्रमुख सन्दिप भण्डारीले विराटनगरका तीन जना चिकित्सकहरुलाई आज पक्राउ गरिएको पुष्टि गनुभयोे । उहाँले भन्नुभयो  , सिआरभीको बिशेष टोलीले आज उनीहरुलाई अस्पतालबाटै पक्राउ गरेको हो । माथीको निर्देशन अनुसार पक्राउ गरिएकोले कारण थाहा नभएको प्रहरी प्रमुख एस्पी भण्डारीले बताउनुभयो । हाल तीनै जना चिकित्सकहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

सम्भवत उनीहरुलाई भोलीनै काठमाण्डौ लैजाने तयारी हुँदैछ  भण्डारीले भन्नभयो ।  प्रहरीले चिकित्सकहरुलाई पक्राउको कारण खुलस्त नखुलाएपनि तीनै जना चिकित्सकहरुको नक्कली शैक्षिक प्रमाणपत्र रहेको बताईएकाले पक्राउ गरिको अनुमान गरिएको छ । उनीहरुलाई काठमाण्डौ लगी अनुसन्धान गरेपछि थप कुरा खुल्ने र प्रहरीले पत्रकार सम्मेलन गरेर जानकारी गराउने तयारी समेत गरेको  छ ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget