युवराज ठकुरी
सिंहदेवी(मोरङ),२० जेष्ठ । सुगम जिल्ला मोरङको अत्यन्तै दुर्गम गाविस सिंहदेवी विहिबारेमा अवस्थित जेफाले डाँडामा निर्माण भएको जेफाले भ्यु टावर र त्यँही सन्चालनमा आएको जेफाले सामुदायिक होमस्टेको विधिवतरुमा उद्घाटन भएको छ।
जेफाले पर्यटन विकास क्षेत्र समितिको आयोजनामा विविध सास्कृतिक झाकीहरुको साथमा भएको कार्यक्रममा पर्यटन तथा सस्कृती मन्त्री आनन्दप्रसाद पोख्रेलले औपचारिक उद्घाटन गर्नु भएको थियो।
प्रेम लिम्बु र डब्लुबिक्रम ठकुरीको सन्चालनमा भएको उक्त कार्यक्रममा जेफाले पर्यटन क्षेत्रबिकास समिती र विराट पर्यटन बिकास प्रबर्द्धन समितिका अध्यक्ष डिल्लीराम शर्मा अधिकारीको सभापतित्व पर्यटन तथा सस्कृती मन्त्री आनन्दप्रसाद पोखरेलको प्रमुख आथित्य र सरकारका उच्चपदस्थ कर्मचारी सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको थियोे।
कार्यक्रममा नेकपा एमाले कोशी अञ्चल इन्चार्ज जीवन घिमिरेले शुभकामना मन्तव्य,र कार्यक्रमका सभापति अधिकारीले स्वागत मन्तव्य राख्नुभएको थियो ।
प्रमुख अतिथि मन्त्री पोखरेलले पर्यटनको विकास गर्न जेफाले मात्रै होइन सिङ्गो पर्यटन क्षेत्रलाई प्याकेजको कार्यक्रम बनाएर जानुपर्ने बतानुभयो। कार्यक्रममा स्थानीय सस्कृतिमा आधारित मगरहरुको हुर्रा नाच,लिम्बुहरुको धान नाच र राईहरुको चण्डी नाच प्रस्तुत गरिएको थियो।यसै गरि कल्याणकारी माबिका विद्यार्थीहरूबाट आकर्षक नृत्य देखाइएको थियो।
दुर्गम गाविस भएर पनि पर्यटन विकास हुँदै गए पछि जेफाले भ्यु टाबर झनै चर्चाको विसय बन्दै गएकाले पर्यटक लाई खान बस्नको व्यवस्थाका लागि होमस्टे सन्चालनमा आएको छ। भ्यु टावर निर्माणका लागि विभिन्न ठाउबाट रकम सङ्कलन गरि ७२ लाखको लागतमा निर्माण कार्य सम्पन्न गरिएको समिती अध्यक्ष अधिकारीले बताउनुभयो ।