सप्तरी, असार १५ गते।
सप्तरीको खोजपुर ८ मा मंगलबार बलेरो अनियन्त्रित भइ दुर्घटना हुँदा दुईजना घाइते भएका छन्।
पूर्वबाट पश्चिमतर्फ जादै गरेको स ३ च ९७३ नम्बरको बलेरो गाडी सडकमा रहेको खसीलाई जोगाउने क्रममा अनियन्त्रित भई दुर्घटना भएको थियो।
दुर्घटनामा बलेरो चालक लहान ५ का अमित साह र सोही स्थान बस्ने राजाराम साह घाइते भएका छन्। घाइते दुवै जनाको सप्तऋषि अस्पताल लहानमा उपचार भइरहेको छ।