Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

मेस्सीले तोड्दै छन् कीर्तिमान

असार ६ – कोपा अमेरिका फुटबलमा राम्रो प्रदर्शन गरिरहेको अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले राष्ट्रिय टिमबाट सर्वाधिक गोल गर्ने कीर्तिमानमा बराबरी गरेका छन् । मेस्सीले अहिलेसम्म राष्ट्रिय टिमबाट ५४ गोल गरेका छन् । कोपा अमेरिकाको क्वाटरफाइनल अन्तर्गत आइतबार बिहान भेनेजुएलालाई ४–१ ले हराउँदा एक गोल गरेका मेस्सीले गाब्रिएल बातिस्तुताको कीर्तिमानसँग बराबरी गरेका हुन् । बातिस्तुताले पनि राष्ट्रिय टिमबाट ५४ गोल गरेका थिए । मेस्सीले अब अमेरिकासँग हुने सेमिफाइनलको क्रममा गोल गरे भने बातिस्तुताको कीर्तिमान भंग गरेर सर्वकालिन सर्वाधिक गोलकर्ता बन्ने छन् । मेस्सीले आफ्ना लागि व्यक्तिगत उपलब्धी भन्दा पनि टिमको जित महत्वपूर्ण रहेको बताए । तर अर्को बातिस्तुता बन्न पाउँदा खुसी भने लागेको बताए ।

– एजेन्सीको सहयोगमा 

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget