Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

कांग्रेसको वडा समिती गठन


प्रशान्त निरौला
जाँते ,२ आसार  । नेपाली कांग्रेस मोरङ अन्तर्गत जाँते गाविसमा कांग्रेसको वडा समिती गठन भएको छ ।
बुधबार भएको वडा नं १ को कांग्रेस नेता कार्यकर्ताहरुको एक भेलाले लोक विक्रम लिम्बु(थुक्पा)लाई अध्यक्षमा सर्वसम्मतले चयन गरेको छ । कांग्रेस जाँतेका सभापती प्रेम खड्का, कुवेर पौडेल , सहसचिव  नविन लिम्बु लगायत स्थानिय नेताहरुको उपस्थिमा भएको भेलाले ओमनाथ पौड्याललाई उपाध्यक्षमा चयन गरेको छ ।
मनिष ईङनाम र बुद्ध ओझालाई सचिवमा चयन गरेको भेलाले मातृका घिमिरेलाई कोषाध्यक्षमा चयन गरेको छ ।
सदस्यहरुमा क्रमशः सुर्य लिम्बु, टेक ब सावा , रामचन्द्र अधिकारी ,लोक बहादुर लिम्बु , सिता घिमिरे , शान्ती लावती(बयलकोटी) मुना उपुरकुटी ,कुमार लिम्बु लगायत रहनुभएको छ ।
कार्यक्रममा बधाई तथा शुभकाना दिदै गाँउ सभापती प्रेम खड्काले युवाहरुको कांग्रेस प्रतिको यो जागरुकताले समाजको मुहार फेर्न धेरै दिन पर्खन नपर्ने बताउनु भयो । उहाँले समाज रुपान्तरण संगै विकासको लागि युवाहरुले राजनीतिमा सकारात्मक रुपमा काम गर्न जरुरी रहको र यसको लागि सवै युवा जुट्नुपर्ने बताउनु भयो ।
वडा समितीमा अधिकांस युवाहरुले नेतृत्व लिन सफल भएका छन् ।
वडा समिती गठन गरेर क्षेत्रिय समितीमा बुझाउने तयारीका साथ सवै वडाहरुको समिती गठन हुन एक हप्ताको कार्यक्रम रहेको नेपाली कांग्रेस जाँतेका सहसचिव नविन लिम्बुले जानकारी दिनुभयो ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget