मृत्यु हुनेमा फिदिम ३ जैसीडाँडा बस्ने १४ वर्षिय निसेस राई रहेका छन् । उनी जेष्ठ १८ गते बेलुका जंगली च्याउ खाएर सिकिस्त बिरामी परेका थिए।
राईलाई उपचारकालागी जिल्ला अस्पताल पाँचथर लगिएकोमा उपचार हुन नसकेपछि बुधबार धरानस्थित विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान लैजानेक्रममा बाटैमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।
जंगली च्याउ खाएर जेष्ठ महिनामा मात्र पाँचथरमा आठ जनाको ज्यान गई सकेकोले यस विषयमा जिल्ला प्रहरी कार्यालय पाँचथरले जंगलमा भेटिएका कुनै पनि च्याउ नखान सर्वसाधारणलाई सचेत गराएको छ।