थारु भाषाको“क्याम नै सुन्छै” सार्वजनिक
विराटनगर २४ जेष्ठ । सञ्चारकर्मी निरज खवासले थारु भाषाको पप गीत सार्वजनिक गरेका छन् । थारु भाषामा कमै मात्रमा गीत निस्किरहेको बेला खवासले “क्याम नै सुन्छै” बोलको गीत निकालेका हुन् । तेजकुमार खवासको संगीतमा प्रवलदिप विश्वासले गीतमा आवाज दिएका छन् । आज सार्वजनिक गरिएको गीतको भिडियो केही समय पछि बजारमा ल्याउने खवासले जानकारी दिए । खवास हाल रोजगारीको शिलशिलामा दुवैमा छन् ।