विराटनगर, जेठ २५ । विराटनगर उपमहानगरपालिकाले विराटनगरका सडकमा सोलार लाइट जडान गर्ने भएको छ । आगामी साउनदेखि सोलार लाइट जडान गर्ने काम उपमहानगरपालिकाले शुरु गर्ने छ ।
यस अघि पनि यस योजना ल्याएपनि बजेटको अभावमा काम शुरु हुन नसकेको उपमहानगरपालिकाले बताएको छ । यस वर्ष स्थानीय विकास मन्त्रालयले ८ करोड २४ लाख उपमहानगरपालिकालाई प्रदान गर्ने सहमति भएको उपमहानगरपालिकाले जानकारी गराएको छ । परियोजनाको ६५ प्रतिशत, नगरपालिकाको २० प्रतिशत र उपभोक्ताको १५ प्रतिशत सहभागीतामा नगरभित्रका विभिन्न सडकहरुमा सोलार जडान गरिने लक्ष्य विराटनगर उपमहानगरपालिकाको छ । विराटनगर उपमहानगरपालिकाले बताए अनुसार एउटा सोलार लाइट जडानकालागि करिब १ लाख रुपैयाँ खर्च हुनेछ । विराटनगर नगरवासी यस योजनाबाट निक्कै उत्साहित बनेका छन् ।