Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

बाक्सोको आरोपमा हत्या गरिएका व्यक्तिको परिवारलाई सहयोग

रसुवा, असार १ – बोक्सोको आरोपमा हत्या गरिएका यार्सा–९ घोर्मुका तुलु सार्कीको परिवारलाई २ लाख रुपैयाँ सहयोग जुटेको छ । अस्ट्रेलियामा बस्दै आएका नेपालीले १ लाख ८० हजार ५ सय रुपैयाँ र नुवाकोटका सांसद बहादुर सिंह लामाले २० हजार ५ सय रुपैयाँ गरी २ लाख १ हजार रुपैयाँ तुलुको परिवारलाई प्रदान गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय रसुवामा मंगलबार एक कार्यक्रम गरि तुलुका श्रीमतीलाई नुवाकोटका सांसद बहादुर सिङ तामाङ, रसुवाका सांसद छोवाङ तेन्जिन तामाङ र प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद अधिकारीले रकम हस्तान्तरण गर्नुभएको हो । तुलुको हत्यापछि उनको परिवारलाई जिल्ला प्रहरी कार्यालयको संरक्षणमा राखिएको छ ।
तुलु सार्की थिङलाई बोक्सोको आरोपमा गएको वैशाख ४ गते जिउँदै खाडलमा पुरी ढुङगाले थिचेर हत्या गरिएको थियो । सहायक जिल्ला न्यायधिवक्ता नवराज पराजुलीका अनुसार हत्यामा संलग्न २० जना विरूद्ध अदालतमा मुद्धा पेश भएपनि अहिलेसम्म ७ जना मात्र पक्राउ परेका छन । पक्राउ परेका मध्ये एक जना धरौटीमा छुटेका छन् भने ६ जना थुनामा छन्, १३ जना भने अझै फरार रहेका छन् ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget