Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

द्रोणाचार्य क्षेत्री स्मृति पुरस्कार रघु मैनालीलाई

झापा, असार १। 
 
प्रेस चौतारी झापाले द्रोणाचार्य क्षेत्री स्मृति पत्रकारिता पुरस्कार पत्रकार रघु मैनालीलाई दिने निर्णय गरेको छ । आज बसेको पुरस्कार छनोट समितिको बैठकले रु १५ हजार राशिको पुरस्कार क्षेत्रीलाई दिने निर्णय गरेको हो । 
 
झापाबाट पत्रकारिता सुरु गरी राष्ट्रियस्तरमा ख्याति आर्जन गर्न सफल पत्रकारलाई सो पुरस्कार वितरण गरिँदै आएको छ । यसअघि नेपाल पत्रकार महासङ्घका निवर्तमान अध्यक्ष शिव गाउँलेलाई सो पुरस्कार प्रदान गरिएको थियो । 
 
त्यसैगरी चौतारीले राइजिङ स्टार पुरस्कार पाँच जना उदीयमान पत्रकारलाई दिने निर्णय गरेको छ । सोही पुरस्कारको राशि रु तीन हजार ३०० रहेको प्रेस चौतारी झापाका अध्यक्ष मुक्ति पौडेलले बताउनुभयो । 
 
राइजिङ स्टार पुरस्कारबाट पुरस्कृत हुने पत्रकारमा लक्ष्मी नेपाल, सुनिरा मैनाली, आत्मराम राजवंशी, दिपेन लावती र अशोक अधिकारी रहनुभएको छ । 
 
सो पुरस्कार यही असार ६ गते क्षेत्रीको स्मृति दिवसको अवसर पारेर वितरण गरिने छनोट समितिले जनाएको छ । चौतारीले सो पुरस्कार प्रत्येक तीन-तीन वर्षमा वितरण गर्दै आएको छ ।  

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget