Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

इटहरी सुरक्षाका दृष्टिकोणले पनि अन्य शहरहरुभन्दा शान्त र सुरक्षित

सुप्रिया राई



इटहरी नेपालको चिरपरीचित सहर हो सवै थरीका मानिसहरुको वसोवास रहेको इटहरी सुरक्षाका दृष्टिकोणले पनि अन्य शहरहरुभन्दा शान्त र सुरक्षित शहरका रुपमा पनि परिचित बनिसकेको छ । विक्रम सम्वत २०५० को दशकबाट ग्रामीण परिवेशबाट शहरको आकार ग्रहण  गर्दै अघि बढेको इटहरी विक्रम सम्वत २०७० को दशकसम्म आईसक्दा पूर्वका दुई ठूला र पुराना दक्षिणको विराटनगर र उत्तरको धरानालाई उछिन्दै अघि बढिरहेको छ । भौतिक पूर्वाधारसँगै मावन समाज विकासका आधारले चाहिने भौतिक पूर्वाधारयुक्त शहरमा हुनु पर्ने भौतिक पूर्वाधारहरु समेत यसले प्राप्त गरिरहेको छ ।यसलाई मध्यनजर गर्दै डम्वर तामांगले ओसियन पार्क वनाएर सुनमा सुगन्ध थप्ने काम गर्नु भएको छ । पछिल्लो समयमा इटहरीले फोरस्टार होटलदेखि स्वीमिङ्ग पोखरी र उत्कृष्ठ महिला तथा पुरुषका लागि आवश्यक जीम हल सहितको सुन्दर ओसियन पार्कमा मनोरञ्जन को भरपुर सुविवधा लीन सकिन्छ  ।


 यता राष्ट्रियस्तरको पौडी प्रतियोगिता समेत सञ्चालनको सुविधा सहितका पौडी खेल्दै पानीभित्रै बसेर रमाईलो मज्जा लिन सकिने सुविधा सहितको ओसियन पार्कले इटहरीलाई आन्तरिक र बाह्य पर्यटकहरुलाई समेत लोभ्याउने खालको भौतिक पूर्वाधार तयार भएको छ । अत्यन्तै सुविधा सम्पन्न बस्ने कोठाहरु र मनोरञ्जन अनि शरीर स्वस्थ राख्नका लागि जीम हल समेतको ब्यवस्थापनका लागि सञ्चालक डम्बर तामाङ्गले बीस करोड बढिको लगानी गरिसक्नु भएको बताउनु भएको छ । ओसियन पार्कमा रहेको पौडी पोखरीमा यसअघि राष्ट्रियस्तरको पौडी प्रतियोगिता पनि सम्पन्न भई सकेको सञ्चालक तामाङ्गले जानकारी दिनु भएको छ । नेपालभरीका मात्र नभएर विभिन्न देशका पर्यटकहरु यस पार्कमा आएर रमाइलो गर्ने गरेको समेत डम्वर वताउनु हुन्छ ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget