
असार ९
काठमाडौं–साढे दुई घन्टामै काठमाडौंबाट चीनको व्यापारिक नाका केरूङ पुग्न सकिने गरी सुरूङमार्ग निर्माण सहित सडक विस्तार हुने भएको छ ।काठमाडौंबाट केरूङसम्मको सडक दूरी अब सय किलोमिटर भन्दा कम हुने गरी सरकारले सडक विस्तार गर्न लागेको हो । काठमाडौंको उत्तरी क्षेत्र सामाखुसी, टोखा हुँदै नुवाकोटको छहरे-त्रिशूली-वेत्रावती-मैलुङ-रसुवागढी हुँदै चिनीयाँ नाका केरूङसम्म पुग्ने छोटो बाटो कम समयमै सकिने देखिएको छ ।
सरकारले सामाखुसीदेखी छहरे खोलासम्म ३४।२ किमी सडक खण्डलाई डबल लेनसहित विकास गर्न लागेको हो । जसअन्तर्गत टोखादेखि छहरेसम्म ४.१७५ किमी सडक सुरूङ मार्ग निर्माण गरिने छ । हाल काठमाडौंबाट गल्छी, बेत्रावती(धुन्चे(स्याप्रुबेसी(केरूङसम्मको लम्बाई १ सय ६० किमी छ । अअजाको कान्तिपुर दैनिकमा खबर छ ।