Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

सांसदको तलव सुविधा बढाउने प्रस्ताव रोक्न देउवाको ध्यानाकर्षण

sherbahadur deuba२७ जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता धनराज गुरुङले सांसदहरुको तलव तथा भत्ता सुबिधा वृद्विको प्रस्ताव स्वीकार नगर्न पार्टी सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् । गुरुङले बिहीबार देउवालाई भेटेर व्यबस्थापिका संसदको तर्फबाट नेपाल सरकारलाई पठाउन तयार पारिएको प्रस्ताव रोक्न माग गरेका हुन् ।
देश भूकम्प र नाकाबन्दीको कारण समस्यामा परेका बेला सांसदहरुको तलब भत्ता बृद्धि गर्न नहुने गुरुङको माग छ ।
गुरुङले देउवालाई बुझाएको पत्रमा लेखिएको छ, ‘आर्थिक रुपमा टाट पल्टिन थालेको देशको वर्तमान परिस्थितिलाई नजरअन्दाज गरेर यतिखेर हामी जनप्रतिनिधिहरुले पर्याप्त सुबिधा खोज्नु हुँदैन । दुःखी जनताको प्रतिनिधि सुखी बन्ने रहरले देश बन्दैन । पहिले आर्थिक समृद्धिको बाटो पहिल्याएर जनतालाई सुखी बनाऔं र त्यसपछि सुबिधा खोजौंला ।’
सरकारले आर्थिक वर्ष ०७३/७४ को बजेटबाट कर्मचारीहरुको तलब वृद्धि गरेसँगै सांसदहरुको तलब पनि वृद्धि भएको छ । यसबाहेक संसद सचिवालयले सांसदहरुको बैठक भत्ता, घर भाडालगायतको सुविधा बढाउने प्रस्तावसमेत तयार पारेको छ । त्यसलाई रोक्न कांग्रेस सांसद गुरुङले माग गर्दै आएका छन् ।
‘भूकम्प पीडितका लागि राहत ‘आकाशको फल आँखा तरि मर’ भन्ने कथन जस्तै भइरहेको छ भने पुनर्निर्माण ‘कुहिरोको काग’ बनेको छ । मुलुकको आर्थिक वृद्विदर एक प्रतिशतभन्दा तल झरिसकेको छ,’ गुरुङले पार्टी सभापति देउवालाई लेखेको पत्रमा भनिएको छ, ‘मुलुकले यो बिकराल परिस्थिति भोगिरहेको बेलामा सांसदहरुको तलव तथा भत्तासुबिधा वृद्धि गर्ने प्रस्ताव कुनै पनि दृष्टिकोणबाट न्यायोचित मान्न सकिँदैन ।’
Dhanraj-Gurung

Dhanraj-Gurung
गुरुङले अरु सांसदको साथ पाएनन्
नेता गुरुङका अनुसार कांग्रेस सभापति देउवा यसप्रति सकारात्मक छन् र उनले सहयोग गर्ने बचन दिएका छन् । तर, उनकै पार्टीका सांसदहरु गुरुङको प्रस्तावको विपक्षमा छन् ।
तलब भत्तालगायतका सुविधा बढाउने प्रस्ताव रोक्ने अभियान नै चलाउँ भनेर गुरुङले आफ्ना पार्टीका सांसदहरुलाई आग्रह गरे पनि साथ पाएनन् ।
‘संयुक्त अभियान चलाम् भनेर मैले अरु माननीयलाई पनि भनें तर, कोहि पनि तयार भएनन्,’ गुरुङले अनलाइनखबरसँग भने, ‘मैले पनि लौ ठीकै छ भनेर एक्लै अगाडि बढेको छु ।’

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget