विराटनगर ३२ जेष्ठ । विराटनगरबाट फोर्स मोटर्सका गाडीको बिक्री शुरु भएको छ । फोर्स मोटर्सको कोशी अञ्चलका लागि केआर अटो मोवाइल्स प्रालिले औपचारिक रुपमा बिक्री शुरु गरेको हो ।
मंगलवार विराटनगर कञ्चनबारीबाट भारतको चर्चित ब्राण्ड फोर्स मोटरको विक्री सुरु गरेको हो ।
फोर्स मोटर्स ब्राण्डका ट्राभलर मिनि बस, ट्याक्स गोर्खा जीप, फोर्स एम्बुलेन्स लगायतका गाडीको नेपालका लागि उपयुक्त रहेको बताइएको छ । प्रालिमा फोर्स मोटर्सको विक्री पछिको सेवालाई प्राथमिकताका साथ अघि बढाउन सेल्स, सर्भिस र पार्टस विक्रीको विक्री पनि सुरु गरिएको सञ्चालक रेवतबहादुर कार्कीले जानकारी दिनुभयो ।