Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

जिल्ला पशुसेवा कार्यालयद्वारा झापामा युवालक्षित कार्यक्रमअन्तर्ग ३८ लाख रुपैयाँ अनुदान वितरण

झापा, जेठ १९ । 
 
जिल्ला पशुसेवा कार्यालय झापाले युवालक्षित कार्यक्रमअन्तर्गत चालु आवको जेठसम्ममा अनुदानको रु ३८ लाख वितरण गरेको छ । युवालक्षित विशेष उत्पादन कार्यक्रम डेरीतर्फ साना, मझौला र ठूला फार्मअन्तर्गत गरी १६ किसानीले सो अनुदान प्राप्त गरेका हुन् । 
 
अनुदान प्राप्त गर्नेमा साना फार्मअन्तर्गत आठदेखि १० वटासम्म गाईपालन गर्ने आठ किसानलाई रु १६ लाख, मझौला फार्मअन्तर्गत १५ देखि २० वटासम्म गाई तथा भैँसीपालन गर्ने तीन जना किसानलाई रु नौ लाख, ३० देखि माथि गाईभैँसीपालन गर्ने अभियान कृषि तथा पशुपालन केन्द्र बाहुनडाँगीलाई रु चार लाख वितरण गरेको कार्यालयका वरिष्ठ पशु चिकित्सक कुमारसिंह साहले बताउनुभयो । गोठ तथा खोर निर्माण सुधार कार्यक्रमअन्तर्गत तीन जना किसानलाई रु छ लाख र जैविक सुरक्षा तथा असल पशुपालन पद्धतिसहितको मोडेल फार्म लागत सहभागितामा रु तीन लाख प्रदान गरिएको छ । कार्यालयले घाँस अभियानअन्तर्गत रु पाँच लाख अनुदान वितरण गरेको छ । 

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget