Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

सुनसरी बकलौरी ७ बाट प्रहरीले अवैध लागु औषध सहित नियन्त्रणमा

सुप्रिया राई असार १४
इटहरी÷सुनसरी बकलौरी ७ मा रहेका लल्की चौधरी र सीता चौधरीलाई उनीहरुको घर पसलबाट नै प्रहरीले अवैध लागु औषध सहित नियन्त्रणमा लिई इलाका प्रहरी पकलीको हिरातमा राखेर अनुसन्धान एवम कार्वाही अघि बढाईएको प्रहरी सहायक निरीक्षक शिव खत्रीले मंगलवार जानकारी दिनुभयो । अवैध गाँजा गाउँघरमा नै बिक्री वितरण गर्दै आएको सुराकका आधारमा इलाका प्रहरी कार्यालय पकलीबाट परिचालित प्रहरीले दुई जना महिलालाई १ केजी २ सय ग्राम गाँजा सहित हिजो साँझ पक्राउ गरिएको छ । उनीहरुमाथि अवैध गाँजा विक्री वितरण गरेको अभियोगमा कार्वाही अघि बढाईने बताईएको छ ,उनीहरुले गाउँकै पसलमा गाँजाको पोको पारेर खरिद गर्न आउने मानिसलाई विक्री वितरण गर्दै आएको स्वीकार गरेको पनि प्रहरीले बताएको छ ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget