Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

पहिरोले घर पुरिंदा एकै परिवारका दुई बाल-बालिकाको मृत्यु

ताप्लेजुङ, जेष्ठ ३२ गते।
ताप्लेजुङ नगरपालिका ८ मा आज बिहान पहिरो खस्दा एकै परिवारका दुई बालबालिकाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्।
अबिरल बर्षासंगै ताप्लेजुङ नगरपालिका ८ पानीट्याङकीस्थित मनकुमार तामाङको घरमाथीबाट पहिरो खसेर घर पुरिंदा भित्र सुतेका उनको ४ वर्षिया छोरी अंशु तामाङ र ३ वर्षका छोरा अमृत तामाङको घटनास्थलमै मृत्यु भएको हो।
सोही घरमा पुरिएकी तामाङको ३० वर्षिया पत्नी सीता तामाङ र अर्का छोरी वर्ष १२ की अस्मिता तामाङलाई प्रहरी र स्थानियबासीले उद्धार गरी उपचारको लागी जिल्ला अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। तामाङ बैदेशीक रोजगारीका लागी साउदीमा रहेका छन्। उनका घरमा श्रीमती र तीन छोराछोरीहरु मात्र बस्ने गर्दथे।
त्यसैगरी ताप्लेजुङ नगरपालिका ८ स्थित ल्याङबामा पहिरो खसेर मेची राजमार्ग अवरुद्ध भएको छ। अबिरल बर्षाको कारण उक्त स्थानमा पहिरोले अन्दाजी १५ मिटर सडकमा ढुङ्गा र माटो थुपार्दा यातायात अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। अवरुद्ध राजमार्ग खुलाउने पहल भइरहेको उक्त कार्यालयले जनाएको छ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget