Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

होटल लज एवम् रेष्टुरा ब्यवसायीहरु ५ जना सम्मान



सुप्रिया राई जेठ ३१
इटहरी,प्लान नेपालको सहयोगमा इटहरी उपमहानगरपालिका उप्का नेपालको अवसर परियोजना दोस्रो र होटल लज एवम रेष्टुरा ब्यवसायी सङ्घ समेतको सहकार्यमा जारी आचारसंहिताको सुक्ष्म ढङ्गले पालना गर्ने होटल ब्यवसायी ५ जना होटल लज एवम् रेष्टुरा ब्यवसायीहरुलाई आइतवार सम्मान गरेको हो । उत्पादन र आपुर्तिमा बालश्रमको अन्त्य भन्ने नाराकासाथ एक बर्षअघिदेखि इटहरी उपमहानगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका होटल लज र रेष्टुराहरुमा विशेषगरी बालिका वा बालकहरुलाई श्रममा लगाउन नपाईने आचार संहिता कार्यान्वयनमा ल्याईएको छ । बालश्रम विरुद्धको अन्तराष्ट्रिय दिवश २०७२ को अवसर पारेर इटहरी आयोजित विशेष कार्यक्रममा रोयल रिसोटका सञ्चालक अमृत कार्की, मितेरी होटलका सञ्चालक गोविन्द थापा पूजा कोल्डड्रिङ्सकी सञ्चालिका रुपा कार्की बी एण्ड बेष्ट मःम  हाउसका सञ्चालक दीपक पोख्रेल कट्वाल होटलका सञ्चालक मणिन्द्र कट्वाललाई दोसल्ला सहित सम्मान पत्रले सम्मान गरिएको छ। ब्यवसायी सम्मान समारोहमा जिल्ला बालकल्याण समितिका अध्यक्ष जगदिशप्रसाद वली, पारालिगल अध्यक्ष राधा भट्टराई नगर बाल समन्वय समिति सदस्य निलम भट्टराई पत्रकार महासङ्घ सुनसरी सचिव बाबुराम सुवेदी प्रहरी निरीक्षक रामचन्द्र तिवारी प्लान नेपालकी कार्यक्रम अधिकृत टङ्कमाया लिम्वू, सम्मानित ब्यवसायी गोविन्द थापा रुपा कार्की र राम नेम्वाङले बोल्नु भएको थियो । कार्यक्रम उप्का नेपालकी निर्देशक सकुन्तला सुब्वाको अध्यक्षतामा सम्पन्न भएको थियो । इटहरी उपमहानगरपालिका क्षेत्रमा झण्डै ५ सय बढि होटल लज रेष्टुरा र रिसोर्टहरु रहेका र तीमध्ये आचार संहितामा उल्लेख भएका बुँदाहरुलाई अक्षरस पालन गरेको तथा होटल लज र रेष्टुराईलाई मर्यादित एवम सफा राखे बापत उहाँहरुलाई सम्मान गरिएको हो । इटहरी क्षेत्रका होटल लज र  रेष्टुराहरुको निगरानी सीसी टीभी मार्फत गरिदै आएको छ ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget