Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

मुसलधार पानीका कारण २ को मृत्यु , ३० घर डुवानमा विराटनगर जलाशायमा परिणत


विराटनगर ६ असार । राति देखि आएको अविरल वर्षाको प्रभाव हेर्न आफ्नै घरको छतमा उक्लिएका इटहरी २२ लविपुरका ५० वर्षीय भानुभक्त तिम्सिनाको करेण्ट लागेर ज्यान गएको छ ।
सुनसरी प्रहरी प्रमुख पोषराज पोख्रेलका अनुसार उनको शरिर जलेर घटना स्थलमै ज्यान गएको हो । मृतकको लाश पोषमार्टमका लागि धरान स्थित विपी प्रतिष्ठान लगिएको छ ।
यसैगरि रातभरिको पानी पछि आएको बाढीमा ढुबेर इटहरी ४ का ६६ वर्षीया राम बहादुर बराइलीको पनि ज्यान गएको हो ।  लगातार पानी परेर सहरबाट निस्कने निकास नहुँदा सुनसरीको इटहरीका सयौं घर डुबानमा परेका छन् । मंगलबार बिहान ३ बजेदेखि पूर्वाञ्चल क्षोत्रमा पानी परिरहेको छ । इटहरीको उत्तरी भेगका घरहरु डुबानमा परेका छन । नेपाली सेनाको क्याम्प छेऊ र दक्षिणपट्टीका धेरै घरमा पानी पसेको छ । दक्षिणतर्फका घर पनि डुबानमा परेका छन् । वर्षापछि जलाशयहरुमा पानीको सतह बढेर आएको बाढीले सुनसरीका अधिकांश क्षेत्र डुबानमा परेका हुन । सुनसरी खोला र सुनसरी मरिया खोलामा आएको  बाढीले सुनसरीको बबिया, जल्लापुर, भुटाहा, नरसिङ, वसन्तपुर, गौतमपुर, भोक्राहा, लौकही, मधुवन लगायतका क्षेत्र बढी प्रभावित भएको  छ । सो क्षेत्रका अधिकांश घरहरुमा बाढी पसेपछि सर्वसाधारणको विचल्ली भएको छ ।  यता विराटनगरको मुख्य सडकहरु जलमग्न छन् । विराटनगरका धेरै भाग डुबानमा परेका छन् । कोशी राजमार्गको बिजुली अफिस छेउको सडकमा पानी भरिँदा आउजाऊमा निकै समस्या भएको छ । हरेक वर्ष वर्षायाममा विराटनगर जलमग्न हुने गर्छ । यस्तै बक्राहा खोलाले हसन्दह ३ का १० र हसन्दह ५ का १५ घर डुवानमा परेको । मानविय क्षति हुन बाट बचेको उक्त ठाँउमा पानीको बहाव बढे संगै समस्या श्रृजना भएको छ । सुरक्षा  कर्मीले उद्धार गरी सुरक्षित स्थलमा राखिएको छ, अमरदह, हसन्दह गोविन्दपुर लगायतका गाविसहरुमा समेत बाढीको खतरा बढेको त्याहा बाट हाम्रा सहकर्मी विरेन्द्र कुमार साहले जानकारी दिनुभयो । उक्त ठाँउका ३० घर जति दलित तथा विपन्न परिवारका मानिस खोलाको छेउमा रहेको र उनिहरुको घरमा भएको खाद्यन्न तथा लत्ता कपडा समेत बगएर समस्या भएको भन्दै सहयोगका लागि अपिल समेत गरएको छ ।
बुढी, सिघिंया खोलमा पनि पानीको सतह बढेका छ ।   कोशी राजमार्ग अवरुद्ध पहिरो खस्दा कोशी राजमार्ग अवरुद्ध भएको छ । धनकुटाको महाभारत–३ गरजुवामा पहिरो खसेको हो । धरान धनकुटासहितका क्षेत्रमा चल्ने यातायातका साधन बन्द भएका छन् । गरजुवामा खसेको पहिरोका कारण गएराति देखी नै राजमार्ग अबरुद्ध भएको हो ।धनकुटा,तेह्रथुम,संखुवासभा लगायतका पहाडी जिल्लाहरुलाई तराइसँग जोड्ने एक मात्र मार्ग अबरुद्ध हुंदा यात्रु तथा त्यस क्षेत्रका सर्बसाधारणहरु मर्कामा परेका छन् । सडक खुलाउन सडक कार्यालयले स्काभेटर पठाएको छ ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget