सिरहा, जेष्ठ ३१ गते।
सिरहाको गोलबजार नगरपालिका ७ चौहरवामा आइतबार करेन्ट लागेर पाँच बर्षिया बालिकाको मृत्यु भएको छ।
चौहरवा ६ बस्ने राम बहादुर मण्डलले साँझ ६ बजेतिर मोटरबाट खेतमा पानी लगाउने क्रममा मोटर नजिक खेल्दै गरेकी निजकी छोरी ५ बर्षिया राधिका कुमारी मण्डललाई अचानक करेन्ट लागेको थियो । करेन्टलागेकी बालिकाको घट्नास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ।