खोटांगको बुइपा लेक्पामा जन्मिएका नबकलाकार सर्जुन राई सानैदेखि तिखो बुद्दिका थिए।कला,संस्कृति,संगीत र साहित्यमा सानैदेखि बिशेष रुचि भएका सर्जुनले सानैदेखि संगीतको सोखका कारण औपचारिक रुपमा संगीतलाई आत्मसाथ गरे।निकैनै मिजासिलो र कर्मठ सर्जुनले सांगीतिक छेत्रमा भर्खर नबप्रवेश गरेका छन्।


बहुचर्चित नेपाली गायक राजेश पायल राईले स्वरबद्ध गर्नुभएका २ वटा गीत,”मायामा माया जोड्छु….” र “सपनीमा देखे तिमीलाई….”बोलको गीतमा संगीत भरेका छन्।”मायामा माया जोड्छु…” बोलको गीतमा राजेशलाइ मेलिना राईले साथ दिएकि छिन।