उपस्थिीती निगरानी भएको भन्दै अस्पतालका डाक्टरले काम छाड्दै
विराटनगर २८ जेष्ठ । भ्रष्टाचार विरुद्धको अभियानले कोशीअञ्चल अस्पतालमा गएर डाक्टरहरुको डाक्टर अस्पताल आउने र जाने समय हेर्न माग गरिएपछि कोशी अञ्चल अस्पतालका डाक्टरले काम र कार्यक्षेत्र छाड्दै आन्दोलित भएका छन् । डाक्टरहरुले काम नै छाडेर आन्दोलित भएपछि सेवालिन आएका सेवाग्राहीहरु भने मारमा परेका छन् ।
विराटनगरमा रहेको कोशो अञ्चल अस्पतालमा भ्रष्टाचार विरुद्धको अभियान नामक संस्थाले अस्पतालको कामको गतिविधिका बारेमा जानकारी लिइएको छ । सर्वसाधारणहरुले डाक्टरहरु ढिला आउने र छिटो जाने गुनासो गरेपछि बहिबार अस्पतालमा पुगेर डाक्टरहरुको आउने, जाने समय हेर्न माग गरेपछि डाक्टरहरुले सबै डिटेल सोध्ने तपाइहरु को हो भन्दै सम्पूर्ण सेवा ठप्प बनाएर अढाई घण्टा आन्दोलनमा उत्रेका थिए । १० बजेदेखि साढे १२ बजेसम्म अस्पतालको सम्पूर्ण सेवा ठप्प हुदा टाढा टाढाबाट सेवा लिन आएका सेवाग्राहीहरुले भने सास्ती खेप्न बाध्य भएका थिए ।
निरन्तर रुपमा खानुपर्ने कालाजारको औषधि सिद्धिएर अस्पतालमा औषधि लिन आएकी मोरङको हातीमुढाकी बर्षि ऋषिदेव अस्पातलमा आउदा डाक्टरहरु नभेटेपछि आफूलाई समस्या भएको दुःखेसो पोख्छीन् । ज्वरो आएर मोरङको हातीमुढाबाट भेन रिजर्भ गरेर औषधि गर्न आएका ८० बर्षीय ज्येष्ठ नागरीक कृष्ण बहादुर कार्कीले यसरी आफ्नो दुःखेसो पोख्नु हुन्छ । नेत्र विक्रम चन्द विपल्व माओवादीको बन्दले त्रसित हुदै मोरङका विभिन्न ठाउबाट जसोतसो गरेर आएका सर्वसाधारणहरु डाक्टरहरुले सेवा नै बन्द गरेर आन्दोलनमा उत्रेपछि निराश भएका छन् । मोरङको थलाहा गाविसबाट बुहारी बिरामी लिएर आएका शिवलाल सरदार डेढ घण्टा लाइनमा उभिएर टिकट काटेर उपचार गराउन भित्र पस्दा डाक्टर नभेटिट्ए पछि के गर्ने के नगर्ने भनेर सोचाइमा परेका छन् ।यस्तै बच्चा बिरामी लिएर आएका सुनसरी अमडुवाका जितेन्द्र साहको समस्या पनि उस्तै छ ।
यता भ्रष्टाचार विरुद्धको अभियानका पारुल क्षेत्रीले आफूहरुले अस्पतालमा आएर डाक्टरहरुको आउने, जाने समय हेर्दा डेढ देखि अढाई घण्टासम्म ढिलो आएको पाएको बताउनु भयो । कोशी अञ्चल अस्पतालका मेसु डाक्टर रोशन पोखरेलले भने अस्पतालमा आएर डाक्टरहरुको फोटो खिचिइ सामाजिक संजालमा हालेर अफवाह फैलाइएकाले त्यसो नगर्न भन्दै मोरङका प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराएको बताउनु भयो । मोरङका प्रमुख जिल्ला अधिकारी तोयम रायले सार्वजनिक पदमा बस्ने व्यक्तिहरुले आफनो पदको मर्यादा कायम राख्दै सहीसेवा दिन निर्देशन गरिएको जानकारी दिनुभयो ।