Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

सौय उर्जावत्ती जडान


कुमोद अधिकारी
विराटनगर जेठ, २० । मोरंङ, नगरपालिका भएसंगै मोरंङको पुरानो सदरमुकाम रंगेलीमा विकास निमार्णका कामले गती लिन थालेको छ  ।  नेपाल सरकारले नगरपालिका घोषणा गरेपछी ओझेलमा परेको रंगेलीमा विकासको क्रम शूरु भएको हो । डेढवर्ष एतादेखी रंगेली नगरपालिकाले दुइदर्जन भन्दा वढि योजना एकैचोटी अघि वढाएपछी विकासको गतीले तिव्रता पाएको हो ।

रंगेली नगरपालिकाकाले नगरक्षेत्रमा सडक, नाला पुल कलर्भड निमार्ण  सिचाइ, आर्यघाट निमार्ण , तटवन्ध , चक्रपथ  वृदाआश्रम निमार्ण , वजार विस्तार तथा सौर्य उर्जावत्ती जडाान कार्यलाइ एकै चोटी अघि वढाएपछी रंगेलीको मुहार फेरिन थालेको स्थानिय वासिन्दाको भनाइ छ । लामो समयको वन्द हडतालका कारण यसक्षेत्रमा ६ महिनासम्म विकास निमार्णका  कुनैपनी गतिविधि अगाडी वढन सकेको थिएन ।
 टकुवा , आमागाछी तथा रंगेली गाउ विकास समिति मिलेर रंगेली नगरपालिका भएपछी नगरपालिकाक्षेत्रमा अहिले सवै जातजातीको सामुहिक वसोवास रहेकालेपनी विकासको भावना नगरवासीमा जागेको रंगली नगरपालिकाको कार्यकारी अधिकृत गणेशवहादुर कार्कीले बताए ।
 रंगेलीका रिगंरोड निमार्ण तथा सडक विस्तार, कालोपत्रे ,आर्यघाट निमार्ण , मठमन्दिर निमार्ण तथा सौयवत्ती जडान जस्ता महत्वपुर्ण योजनालाइ नगरपािलकाले पहिलो प्राथमिक्तामा राखेर काम गरिरहेको अधिकृत कार्कीको भनाइ छ । उनले, आफुले स्थानिय वासिन्दा राजनितिकदल, नागरिक समाज लागायत सवैसंग समन्वयगरी माग अनुसार विकासको कामलाइ अघि वढाएको बताए ।
यसैगरी नगपालिकाले नगरक्षेत्रलाइ नै उज्यालो बनाउन  नगरक्षेत्रका ४० स्थानमा सौर्य उर्जावत्ती जडान गरेको जनाएको छ । एउटा सौर्यवत्ती जडानगर्दा नगपालिकाको ८० हजार रुपैया खर्च लागेको छ । उपयुक्त स्थान हेरेर सवैलाइ सहज हुनेगरी सौर्य वत्ती जडान गरको हो ।
 लोडसेडिङमा समेत सौर्यउर्जा वत्ती झलमल वल्ने गरेपछी गाउनै उज्यालो भएको रंगेली नगरपालिका १ का वद्रि राजवंशीले वताए । सांसद कोष , नगरपालिका तथा मन्त्रालयको सहयोगमा उर्जावत्ती जडान गरिएको हो । नगरपालिकाले ४० वटा स्थानमा उर्जा वत्ति जडान गरेको र अव स्थानिय वासिन्दाको साझेदारीमा उर्जावत्ती जडान कार्यलाइ तिव्रताका साथ अघि वढाएको अधिकृत कार्कीले बताए ।
 उर्जावत्ती जडान भएपछी चौक चौराहा तथा वाटोनै उज्यालो हुने भएकाले आवत जावतमा सहज भएको स्थानिय वेदमणी घिमिरेले बताए ।
 नगरपालिकाले गरेको विकासको कार्यले रंगेली अव पहिलोको अवस्थामा फर्कने उनीहरुको भनाइ छ । नगरपालिकाले यसरी सवै तिर विकास निमार्णका कामलाइ अघि वढाए रंगेलीमा निकै चहलपहल वढने स्थानिय विष्णु घिमिरेले बताउछिन । विकास निमार्णले गति लिन थालेपछी यसक्षेत्रमा जग्गाको मुल्य समेत वढन थालेको उनको भनाइ छ ।
अधिकृत कार्कीले नगरपालिकाले रंगेलीको विकासमा कुनैपनी कसर वाकी नराख्ने भएकाले त्यसकालागी नगरवासिलाइ सहयोग पु¥याउन आग्रह समेत गरे ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget