Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

मोरङको याङ्सिलामा जीप दुर्घटना, ३ गम्भीर सहित १० घाइते

मोरङ, असार १४ गते ।
झापाको दमकबाट १३ जना यात्रु बोकेर पाँचथरको पंचमी बजारतर्फ जादै गरेको बलेरो जीप मोरङको याङशिलामा आज बिहान दुर्घटना भएको छ।
याङशिला ९ स्थित लेटाङ-बुधबारे सडक खण्डमा मे १ ज १२२९ नम्बरको बलेरो जीप आज बिहान १०;३० बजे सडकबाट तल खस्दा जीपमा सवार ३ गम्भीर तथा ७ जना सामान्य घाइते भएका छन्।
गम्भिर घाइतेहरुमा पाँचथर कुरुम्बा-१ की जानुका सेन्चुरी, सोही ठाउँका करुणा लावती र राजेन्द्र लिम्बु रहेका छन। उनीहरुलाई विराट नर्सिङ होम ल्याइएको छ।
त्यस्तै सामान्य घाइतेहरुमा पाँचथर कुरुम्बा १ का अजय सेन्चुरी, कुशल राई, लिम्बा-८ का समटा तामाङ, ईलाम साक्फारा-७ की सुमित्रा राई, ईभाङ बस्ने कमला राई, झापा दमक-१ की सानु लिम्बु, धुलाबारी-३ का चैतु राजवंशी रहेका छन्।
सामान्य घाइतेहरुको विराट नर्सिंङ होम तथा झापा दमकस्थित नमस्ते हस्पिटलमा उपचार भइरहेको छ भने जीपका चालक फरार रहेकाले प्रहरीबाट खोजी भइरहेको छ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget