विराटनगर २० ,जेठ । एसएलसी परिक्षा दिएर वसेका विद्र्याथीलाइ लक्षितगर्दै विराटनगरमा एसएलसी क्विज मेनिया २०७३ हुने भएको छ । स्कुल अफ इकोनोमिक नामक संस्थाले यहि जेठ–२२ गते शनिवार क्जि मेनिया संचालनगर्न लागेको हो ।
आयोजक संस्थाले विराटनगरमा आज पत्रकार सम्मेलनगरी शैक्षिक तथा वौद्धिक क्षमतालाइ अभिवृद्धिगर्न क्विज मेनिया संचालनग्र्न लागेको जनाएको छ । हाजिर जवाफ प्रतियोगितमा तिनजना विद्र्याथी सहभागी गराइ एक टिम रहने छ । प्रतियोगितमा पाच राउण्मा प्रश्न सोधिने जनाइएको छ ।
प्रतियोगितामा विजयी हुने पहिलो टिमलाइ ६ हजार रुपैया, शतप्रतिशत स्कुलर सिप तथा टयुसन फ्रि, यसैगरी दोश्रो हुनेलाइ ४ हजार रुपैया ७५ प्रतिशत स्कुलर सिप तेश्रो हुनेलाइ ३ हजार रुपैया र ५० प्रतिशत स्कुलर सिपको व्यवस्था मिलाइएको पत्रकार सम्मेलनमा जानकारी गराइयो । प्रतियोगिता सहभागी हुने विद्र्याथीका लागी विराटनगरका विभिन्न स्थानमा र्फम पाउने जनाइएको छ ।