Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

क्यान्सर पिडीतको सहयोगका लागि पानीपुरी बेच्दै नारी–पुरुष


प्रशान्त निरौला
विराटनगर ,२ असार । असार ४ गते ईटहरीमा पानीपुरी र चटपटे विक्री गर्ने कार्यक्रम आयोजना हुने भएको छ । 
क्यान्सर बाट पिडीत भएर पैसाको अभावले उपचारमा समस्या भईरहेका धादिङ केवलपुर ८ का क्यान्सर रोग पिडीत लोकनाथ आचार्य र तनहु ब्यास नगरपालिकाका अर्का  २ बर्षे क्यान्सर पिडित बालक सुसान्त गुरुङको उपचारका लागि सहयोग गर्नका लागि यो कार्यक्रम आयोजना गरिने भएको हो ।

फेसवुकमा महिलाहरुको मात्रै प्रवेश गरिएको वोमेन्स रुम रिलोडेड(डब्लुआरआर) नामको एक सामाजिक सञ्जालको समुह र फेसबुकमा पुरुषको मात्र प्रवेश भएको मेन्स रुम रिलोडेड(एमआरआर) लगायतका संस्थाहरुले संयुक्त रुपमा उक्त काम गर्ने भएका हुन । 

मोरङबाट मेन्स र वोमेन्स समुहले पानीपुरी र चटपटे बेच्ने छ भने सुनसरीबाट वोमेन्स समुहले उखुरस विक्री गर्ने कार्यक्रम रहेको छ । पुर्व क्षेत्रका सामाजिक अभियन्ताहरुले स्टेसनरी, पानीपुरी, चटपटे , कस्मेटीक सामान लगायतका विभिन्न कुराहरुका स्टल राखेर मिनीमेलाको नै आयोजना गरिने छ ।  मध्यान्न १२ बजे देखी  अपरान्ह ५ बजे सम्म सञ्चालन हुने उक्त कार्यक्रम रेउकाई चौतारी मेन चौक ईटहरीमा हुने वोमेन्स रुम  रिलोडेड(डब्लुआरआर)की प्रज्ञा प्याकुरेलले जानकारी दिनुभयो ।





Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget