सिरहा, जेष्ठ २१ गते।
सिरहाको मझौलिया गाविसमा आगोलागीबाट आज एक युवतीको मृत्यु भएको छ।
मझौलिया गाविस ८ बस्ने फर्मा मियाँको १७ वर्षकी छोरी रिना खातुनको आगोलागीबाट आज बिहान मृत्यु भएको हो। बिहान करिब १० बजे घरमा कोही नभएको बेला युवतीले आफ्नै शरिरमा मट्टितेल खन्याई आगो लगाउँदा घटनास्थलमै मृत्यु भएको मृतकका परिवारले प्रहरीलाई बताए।
घटनास्थलमा इलाका प्रहरी कार्यालय मिर्चैयाबाट प्रहरी नायव उपरीक्षकसहितको टोली खटि गई घटनाबारे अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ।