Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

मोरङको धान दिवस २०७३


लेटाङभोगटेनी १६ असार। असार १५ लाई लेटाङ भोगटेनी नगरपालिकाले विशेष रुपमा मनाएको छ  ।
नेपाली कांग्रेस मोरङका सभापती ,नेता तथा सांसद डिगबहादुर लिम्बुको प्रमुख आतिथ्यतामा लेटाङभोगटेनी ८ खेरुवामा धान रोपाई गरेर दिवस मनाईएको हो ।

त्यस्तै नेपाल महिलासंघ बेलबारी नगर समितिको आयोजनामा स्थानिय बेलबारी – ३ मा पनि धान दिवस मनाईएको छ ।
विभिन्न सामुदायका आफनो जातिय पहिरनमा आफनो जातिय पहिरनमा युवतीहरु सहभागी भइ बेलबारीमा भब्य कार्यक्रम गरी धान दिवम मनाएको हो । 

कार्यक्रममा नेपाली काग्रेस मोरङका सभापति तथा संसद डिग बहादुर लिम्बुले धान रोपेर धान दिवसको कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । 


संघकी अध्यक्ष मुगा देवि निरौलाको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई संम्बोधन गर्दै सभापति एव्म संसद लिम्बुले पुरानो र परम्परागत तरिकाले गरीने कृर्षी प्रणलीलाई परिर्वतन गरीनुपर्नेमा जोड दिनुभयो । उहाँले आधुनिक प्रणालिबाट गरीएको धान खेतीमा उत्पादनसमेत वृद्धी हुने बताउनुभयो । 

उहाँले सरकारले कृषीक्षेत्रलाई अधुनिकीकरण गर्न सहयो गनुपर्ने बताउनुमा जोड दिनुभयो । उहाँले कृषि क्षेत्रलाई आधुनिकरण गरी नेपाललाई धान खेतीमा आत्मनिर्भर बनाउनुपर्न बताउनुभयो । 

कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य महेन्द्र सुवेदी, क्षेन ३ का क्षेत्रिय सदस्य राजकुमार लिम्बु, केदार अधिकारी, नेपाली काग्रेस मोरङका कोषध्यक्ष गोपाल थापा, नेपाल तरुणदल क्षेत्रीय सल्लहाकार बिशाल थापा, नेपाल महिला संघ मोरङकी अध्यक्ष शान्ता पौडेल, सचिव प्रमीला थापा, नेपाली काग्रेस बेलबारी नगर सभापती शम्भु भट्टराई, नगर सचिव उपेन्द्र सुवेदी,उर्लाबारी कोषाध्यक्ष शोभितमाया तामाङ लगायतले धान रोपेर गर्नुभएको थियो । 

यस क्षेत्रमा विगत लामो समयदेखी सामूहिक रुपमा धान खेती मनाउँदै आएको छ । यस क्षेत्रमा ढेड विघाहा क्षेत्रफलमा धान खेती गर्दै आएको छ । पाँच सयभन्दा बढि नेपाली कांग्रेसका दाजु तथा दिदि बहिनीहरुको उपस्थीति रहेको थियो ।
यस्तै नेपाली कांग्रेस क्षेत्र नं. ८ कार्यसमितीले पनि धान दिवसको उपलक्ष्यमा कार्यक्रमको आयोजना गरेको छ । 
नेपाली काग्रेसका नेता डिगबहादुर लिम्बुको प्रमुख आतिथ्यमा विराटचौक उद्योग बाणीज्य संघको हलमा भएको कार्यक्रममा कांग्रेसले धान दिवस मनाएको हो ।
नेका क्षेत्रीय कायॅसमिती मोरङ क्षेत्र न ६ र बैजनाथपुर गाबिसले संयुक्त रुपमा धान रोपाई गरेका छन् ।कांग्रेस क्षेत्र नं. ६ को आयोजनामा भएको कार्यक्रममा कांग्रेस मोरङका पूर्व जिल्ला सभापती तथा सांसद अमृत अर्यालको प्रमुख आतिथ्यता तथा नेपाली कांग्रेस मोरङका युवा नेता राजु मास्केको आथित्थ्यतामा धान रोपाई गरिएको हो ।






Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget