
मानिसले शनिलाई हेर्दा केही नहुने भन्दै प्रधानमन्त्री ओलीले भने, ‘हामीले पो शनिलाई हेर्ने हो, शनिले हेर्नै सक्दैन किनकी उसँग टेलिस्कोप नै छैन ।’ज्योतिषीहरुले शनिको दशा लाग्छ भनेर जप, ध्यान, पूजाआजा गर्न सल्लाह दिने गरे भन्दै उनले शनिको दशाले शनिबार जन्मिएका आफूलाई केही नहुने बताए ।प्रधानमन्त्री ओलीले अहिले अन्तरीक्षमा रकेट पठाउने महत्वाकांक्षा राख्न जरुरी नभएको बताए । विज्ञान र प्रविधिविना मुलुकको विकास कल्पना गर्न नसकिने उनले बताए ।
प्रधानमन्त्री ओलीले नेपाललाई सिंगापुर जस्तो नभई नेपाल जस्तै बनाउन सरकार लागिपरेको बताए । विज्ञान प्रविधि क्षेत्रमा उल्लेख बजेट छुट्याउन नसकेको स्वीकार गर्दै उनले भने, ‘जुत्ता पनि फाटेको, कपडा पनि फाटेको, पाउडर मात्र लगाएर के काम । सबै क्षेत्रको विकास गर्दैर् जानुपर्छ ।’विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको वीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्राहालय विकास समितिको आयोजनामा गरेको स्कुल अन एस्ट्रोनोमी एण्ड स्पेश साइन्स पाँच दिनसम्म चल्ने छ ।