Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

जंगली च्याऊ खाएर मृत्यु भएका परिवारलाई राहात रकम प्रदान

जंगली च्याऊ खाएर मृत्यु भएका परिवारलाई राहात रकम प्रदान
पाँचथर,जेठ ३२,
पाँचथर आङ्ना १ मा जंगली च्याउ खाएर मृत्यु भएका परिवार लाई किराँत याक्थुहाङ चुम्लुङ पेनाङ बाट ६६ हजार ५ सय रुपैया राहात रकम प्रदान गरिएको छ ।
जंगली च्याऊ खाएर त्यस भेगका ५ जनाको ज्यान गएको थियो । मृत्यु भएका परिवारका आफन्त मनिला माङलाकलाई समाजसेवी लावाहाङ चेम्जोङले ६६ हजार ५ सय रुपैया रकम हस्तान्त्ररण गर्नुभएको थियो । पेनाङमा रहनुहुने नेपालीहरु बाट संकलन गरिएको उक्त रकम राहात स्वरुप हस्तान्त्ररण गरिएको चेम्जोङले जानकारी दिनुभयो ।
जंगली च्याऊ खाएर मग्लसिंह माङलाक,पदमकुमारी,मनकुमारी,कविता र सोनी माङलाकको उपचारको क्रममा पूर्वको विभिन्न अस्पतालमा मृत्यु भएको थियो । च्याऊ खाएर मात्रै पाँचथर जिल्लामा आङना,थर्पु र फिदिम नगरपालिकामा गरी अहिले सम्म १० जनाको मृत्यु भइसकेको छ ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget