
चर्चित गायक राजेश पायल राई ,अभिनेता तथा गायक दयाहाङ राई लगाएत प्रख्यात गायक तथा गायिकाको प्रस्तुतिसहित किराँत राई यायोक्खा जापान शाखाले यलम्वर नाईट २००१६ गर्ने भएको छ ।
आगामि अगष्ट १३ मा टोकियो रा १५ मा नागोयामा विशेष प्रस्तुतिसहित यायोख्खाले यलम्वर नाईट गर्ने लागेको विकास राईले जानकारी दिनुभयो ।
किराँतिहरुको राजा यलम्वर नामलाईै लिएर जापानको दुई मुख्य शहरमा गर्न लागेको उक्त नाईट टोकियोको नाकानो जिरजे हलमा अगष्ट १३ शनिवार र नागोयामा अगष्ट १५ सोमवार हुने आयोजकले जनाएको छ ।
चर्चित गायक राजेश पायल राईले थुप्रै नेपाली चलचित्रका गीतहरूमा स्वर दिइसकेका छन १ उनी विश्वमै ५ घण्टामा ९ गीत रेकर्ड गर्ने उनी नै पहिला गायकका रुपामा उनलाई चिनिन्छ । उनको पहिलो गीत रेडियो नेपालमा रेकर्डिङ भयको सम्झनाको कुरा नगर भन्ने बोलको गित पहिलो थियो ।
उनलाई चचिर्त बनाउन सफल गित फैलियो माया दुबो सरि र बैगुनी रैछौ मायालु जस्ता गीतहरु रहेका छन् । उनले २०६६ सालमा प्रशारण भएको चलचित्र शिलशिलाबाट विभिन्न अवार्ड समेत प्राप्त गरेका छन् । यसैगरी उनले २०६७ मा छिन्नलता पुरस्कार र अन्य पुरस्कारबाट समेत सम्मानित एवं पुरस्कृत भइ सकेका छन् । उनले विभिन्न चलचित्रहरु दैवसंजोग, दौतरी,परेनि माया जालैमा, सी माला तथा गुण्डाराजमा सशक्त अभिनय चलचित्रहरुमा समेत अभिनय गरिसकेका छन् ।
नेपाली चलचित्रका अभिनेता तथा गायक दयाहाङ राई चलचित्र लूटबाट प्रसिद्धि कमाएर लोक प्रिय बनेका थिए ।
भोजपुरबाट काठमाडौ छिरेपछि लूट ,लोफर , झोले , कबड्डी चलचित्र लगायत करिव २ दर्जन नेपाली चलचित्र र १६ वटा नाटकमा अभिनय साथै ६ वटा नाटक निर्देशन गरेका थिए ।
गायक ,गायिकाहरुले जापानमा यलम्वर नाईटबाट धमका मञ्चाउने आयोजकले जनाएको छ ।
यलम्वर नाईटको लागि राजेश पायल राईसहित ,अभिनेता तथा गायक दयाहाङ राई ,हास्य कलाकार विल्सोङ बिक्रम राई ,मोड्ल माला लिम्वु, र गायिका रमा लिम्वु जापान आउने किराँत राई यायोक्खा जापान शाखाले जानकारी दिएको छ