काठमाडौँको कमलादीमा रु तीन करोड १४ लाखको लागतमा साँढे चार तल्ले भवन निर्माण गर्न लागिएको ट्रष्टका सचिव भीमप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “अहिले दरबारमार्गमा एकतल्ले भवनमा बसेका छौँ, त्यसलाई भाडामा लगाउनका लागि कमलादीमा भवन निर्माण गर्न लागेका हौँ दुई वर्षभित्र निर्माण कार्य सम्पन्न हुन्छ ।”
उहाँले ट्रष्टको निजी सम्पत्तिलाई अधिकतम लगानी गरेर आएको आम्दानीलाई शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गरिने बताउनुभयो ।