विराटनगर , २६ जेठ। आफनो सहकर्मीको रिहाइको मागगर्दै मोरंङ जिल्लाका गावीस सचिव हरुले लामो समयदेखी गावीस अध्यक्षको रुपमा कामगर्दै आएको गावीसवाट हुने सवै सिफारिस सम्वन्धी कार्यहरु आजवाट वन्द गरेका छन ।
कटहरी गाउ विकास समितिका सचिव किरणदेवले राज्यले दिएको जिम्मेवारीलाइ सहज रुपले पुरा गर्दापनी प्रसासनले उनलाइ नियन्त्रण लिएको भन्दै सचिव हरुले काम वन्द गरेका हुन ।
गावीस सचिव हकहित सरक्षण केन्द्रले आज प्रेश विज्ञेप्ती प्रकाशित गर्दै सचिव देवलाइ नागरिक्तामा सिफारिश गर्ने राज्यले दिएको जिम्मेवारी पुरागर्दा रान्ज्यले नै उल्टै नियन्त्रणमा लिएर वन्दि वनाएको भन्दै रिहाइका लागी माग गरेको छ ।
लामो समयदेखी गाउ विकास समितिको अध्यक्ष नहुदा जनताका लागी सेवा प्रदानगर्न सचिवहरु लागि रहेको अवस्थामा यसरी प्रसासनले सचिवलाइ नियन्त्रण लिनुको कुनै औचित्य नरहेको केन्द्रको भनाइ छ ।
केन्द्रले स्वच्छ मनसायले सेवा प्रदानगर्दापनी प्रसासनले गरेको कार्यको घोर भत्सर्ना गदैै सचिवको विनार्शत रिहाइको माग गरेको जनाएको छ । सचिव किरणदेवलाइ रिहा नगरेसम्म गावीस अध्यक्षले गर्ने सम्पुर्ण काम सचिव हरुले आज बुधवार देखी वन्द गर्ने निर्णय गरेको केन्द्रीय कार्य समितिका सल्लाहकार एंव गावीस सचिव हरी पोखरेलले बताउनुभयो । सचिवलाइ नछाडे आफु हरु अझ संस्कत भएर अगाडी वढने सचिव पोखरेलको भनाइ छ । यसैगरी आज सचिवहरुले पक्राउ परेकी सचिव किरणदेवको रिहाइको मागगर्दै जिल्ला प्रसासन कार्यलय मोरंङ, जिल्ला प्रहरी कार्यालय तथा जिल्ला विकास समितिमा ज्ञापनपत्र समेत वुझाएका छन । नागरिक्ता सिफारिसको विषयलाइ लिएर केही दिन अघि प्रहरीले देवलाइ नियन्त्रणमा लिएकाो थियो ।