Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

दुई बस एक आपसमा ठोक्किदा आठ घाइते



सप्तरी, जेष्ठ ३२ गते।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको पोर्ताहा गाविस ८ पूर्वबाट पश्चिमतर्फ जादै गरेको ना ४ ख ९८ नम्बरले सोही दिशामा रहेको ना ४ ख २८८२ नम्बरको बसलाई पछाडीबाट ठक्कर दिंदा दुवै बसमा सवार ८ जना घाइते भएका छन्।
घाइते हुनेमा झापा तोपगाछी ६ बस्ने जमुना सार्कीको १७ महिनाका छोरा श्रवण सार्की, सुनसरी जिल्ला निवासी २५ बर्षिया सुस्मिता निरौला, सिरहा नगरपालिका ७ बस्ने ३६ बर्षिय मोहन कुमार साह, सिरहा गोलबाजार ६ बस्ने २० बर्षिया अनिता पासवान, जिल्ला सर्लाही औरही ७ बस्ने ३२ बर्षिय मुकेश कुमार यादव, सोही ठाउँ बस्ने १९ बर्षिय संजिव कुमार महतो, जिल्ला पर्सा विरगंज उपमहानगरपालिका १९ बस्ने ६९ बर्षिय ईन्द्र प्रसाद भट्टराई र सोही ठाउँ बस्ने ६० बर्षिया पुजा भट्टराई रहेका छन्।
घाइतेमध्ये नाबालकसहित तीन जनाको अवस्था गम्भीर रहेकोले थप उपचारकालागी बिराटनगगरस्थित नोबेल अस्पताल ल्याइएको छ भने अन्य सामान्य घाइतेहरुको भारदहस्थित स्थानीय क्लिनिकमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ।


Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget