सुप्रिया राई असार ६
इटहरी÷ राप्रपा नेपालको भातृ संस्थाका रुपमा भरखरै स्थापना भएको मिडिया नेपालले सुनसरी जिल्लामा पनि सङ्गठन विस्तार गरेर आइतवार इटहरीमा कार्यक्रमको आयोजना गरेर घोषणा गरेको छ । घोषणा कार्यक्रममा केन्द्रिय अध्यक्ष गोपाल पौडेल केन्द्रिय कोषाध्यक्ष ध्रुब बस्नेत सञ्चारकर्मीहरु बाबुराम सुवेदी चन्द्र्र न्यौपाने राम खरेल राप्रपा नेपाल सुनसरीका अध्यक्ष प्रेमप्रसाद भट्टराई लगायतले बोल्नुभएको थियो । मिडिया नेपालका केन्द्रिय अध्यक्ष गोपाल पौडेल केन्द्रिय कोषाध्यक्ष ध्रुब बस्नेत समेतका उपस्थितिमा घोषणा गरिएको मिडिया सुनसरीको अध्यक्षमा जीवत फुयाँल उपाध्यक्षमा कुलबहादुर भुजेल सचिवमा प्रशान्त राई सहसचिवमा सुदिक्षा खड्का र कोषाध्यक्षमा सपना न्यौपाने रहेका छन । यसैगरी सदस्यहरुमा प्रकाश परियार, अमित चौधरी एलिना श्रेष्ठ रसिद खान र बिवेक लामिछाने जिल्ला कार्य समितिका सदस्य रहेको घोषणा गरिएको छ । केन्द्रिय सदस्य विकल रोग्मीले जिल्ला कार्य समिति पदाधिकारीको नाम सार्वजनिक गर्नुभएको थियो ।