Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

सरकार परिवर्तन चर्चा हल्ला मात्र – उपप्रधानमन्त्री थापा

kamal thapaको लागि तस्बिर परिणाम
\
विराटनगर, जेठ २१ ।
 
उपप्रधानमन्त्री कमल थापाले सरकारको स्थायित्वमाथि कुनै प्रश्नचिह्न नरहेकाले तत्काल सरकार परिवर्तन नहुने बताउनुभएको छ । 
 
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले राष्ट्रिय सहमतिको विषयमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बारम्बार भन्दै आइरहेकाले त्यही प्रसङ्गलाई जोड्दै सरकार परिवर्तनको विषयमा बढी हल्ला र चर्चा परिचर्चा भइरहेको स्पष्ट पार्नुभयो । 
 
प्रधानमन्त्रीसँग तत्कालीन एमाओवादी पार्टीसँग भएको तीनबुँदे वा भद्र सहमतिको विषयमा आफू र आफ्ना पार्टीलाई कुनै जानकारी नरहेको जानकारी गराउँदै उहाँले भन्नुभयो – “प्रधानमन्त्रीजीले मन्त्रिपरिषद् र सार्वजनिकस्थलमा पटक पटक त्यस्तो सहमति नभएको सम्बन्धमा प्रष्टोेक्ति दिइसक्नुभएको छ ।” 
 
मुलुकको विद्यमान परिस्थितिलाई मध्यनजर गर्दै राष्ट्रवादी प्रजातान्त्रिक गठबन्धनको सरकार आवश्यक रहेको चर्चा गर्दै उहाँले आगामी निर्वाचनसम्म वर्तमान सरकारलाई टिकाइराख्नु पर्ने धारणा राख्नु भयो । 
 
सरकार गठन भएको सात÷आठ महिनामै सरकार परिवर्तन गरिहाल्नुपर्ने कुनै घरातलीय सङ्कट नदेखिएको प्रसङ्ग उल्लेख गर्दै उहाँले यस्तो भयो भने संविधानको औचित्य र भविष्यमाथि प्रश्न खडा हुनसक्ने भएकाले माओवादी र काँग्रेसलगायत सबै दललाई यस्तो खेलमा नलाग्न आह्वान गर्नुभयो । 
 
बडो कठिनाइका साथ आठ वर्षको अवधिमा मुलुकले संविधान पाएको चर्चा गर्दै उहाँले सत्ताको फोहोरी खेल कायम रह्यो भने अन्तर्राष्ट्रिय जगत् र मुलुकका जनताबीच नकारात्मक सन्देश जाने विषयमा माओवादी र काँग्रेसलगायतका दललाई गम्भीर भएर सोच्नुपर्ने सुझाव दिनुभयो । 
 
उहाँले स्थानीय निकायका साथै अन्य निर्वाचनका लागि पनि बजेटको व्यवस्था रहेकाले स्थानीय निकायको निर्वाचनका लागि सबै दललाई सकारात्मक हुनुपर्ने धारणा प्रकट गर्नुभयो । 
 
पत्रकारको जिज्ञासामा उहाँले मेरो कारणले मधेसी मोर्चासँग वार्ता अवरुद्ध भएको छ भने आपूm वार्ता समितिको संयोजकबाट राजीनामा गर्न तयार रहेको जानकारी गराउनुभयो । 
- See more at: http://www.radiovision.com.np/newsDetails.php?nid=8713#sthash.JSKbtkjM.dpuf

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget