सिरहा, असार १५ गते।
सिरहाको धनगढीमाई-९ मा आज बिहान अज्ञात सवारी साधनको ठक्करबाट एक दम्पत्ती घाइते भएका छन्।
पूर्वबाट पश्चिमतर्फ जादै गरेको को १३ प ७३५ नम्बरको मोटरसाइकललाई बिहान ५ बजे अज्ञात सवारीले पछाडिबाट ठक्कर दिएको थियो।
ठक्करबाट मोटरसाइकल चालक विराटनगर-१ खेकन साह र उनकी पत्नी कलावती देवी साह घाइते भएका हुन्।
घाइते दम्पत्तीको बुधनगर अस्पताल जिरो माईलमा उपचार भई रहेको छ भने ठक्कर दिने सवारीको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय धनगढिले जनाएको छ।