Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

रहिनन् शुकमायाँ

उर्लावारी २५ जेष्ठ । मोरङ राजघाट—७ आसामेटोल घर भई पथरी बस्दै आउनुभएकी मृगौला रोगबाट पिडीत सुकमाया लिम्बूको आज मंगलबार निधन भएको छ । बिराटनगरस्थित नोबेल हस्पिटलमा झण्डै अढाई महिना उपचार पश्चात हस्पिटलले घर लान  सल्लाहा दिएपछि घर ल्याइएको २ दिनमै सुकमायाको आज मध्यान्न १२ बजे निधन भएको हो ।


सकुमायाको उपचारका लागि देशविदेशबाट सहयोग जुटेको थियो । तर अथक प्रयास गरेपनि जोगाउन नसकिएको पारिवारले जनाएको छ । राजघाटबाट सहयोग संकलनमा अगुवाई गर्नुभएका राजकुमार योन्जनले सुकमायाको उपचारमा सहयोग गर्नुहुने सबैमा धन्यवाद प्रकट गर्दै मृत्युसँगको संघर्ष जित्न नसकेको बताए । ‘पैसाको कारण उपचार त रोकिएन मेचीदेखी महाकाली सम्मका नेपाली दाजुभाईले सहयोग गरिदिनुभयो, तर दैवको लिला सुकमायालाई बचाउन सकिएन्, योन्जनले दुखित हुँदै भने । सुकमायाको भाई रोहिनले विदेशबाट झण्डै ८ लाख रुपैंया सहयोग भएको बताए । तर उपचारको क्रममा सबै रकम सकिएको र परिवारलाई पनि ऋण लागेको बताइएको छ । यसैबिच उर्लाबारी पेज डटकमका सम्पादक तेजन खड्काले निधनप्रति दुख ब्यक्त गर्दै सहयोगीदाताहरु तथा घरपरिवारको सपना पुरा गराउने चाँहना शोकमा बद्लिएकोमा दुख व्यक्त गरेका छन् ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget