जाँते ८ असार । बाढीले बगाउदा मोरङको जाँतेमा आज अपरान्ह एक महिलाको मृत्यु भएको छ । अन्य ३ जना घाईते भएका छन् ।
मोरङको टाँडी ५ कि निर्मला राईको जाँते बाट टाढी तर्फ घर फर्कदै गर्दा जाँतेमा रहेको तेली खोला तर्ने क्रममा खोलाले बगाएर मृत्यु भएको हो ।
उनि संगै रहेका अन्य तिन जनालाई पनि खोलाले बगाउदा घाईते भएको र उनिहरुको स्थानिय स्वास्थ्य चौकीमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।