
कुल १ सय ३३ वटा कम्पनीहरुको ७ हजार ३ सय ५४ वटा कारोबार भएकोमा २१ लाख ३१ हजार ८ सय ५९ कित्ता शेयरहरु खरिद बिक्रि भएका छन् । उक्त परिमाणको सेयर खरिदबिक्रिबाट १ अर्ब ९६ करोड ४७ लाख २३ हजार ५ सय ४१ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज कारोबार भएका ७ वटा समुहहरुमा १ वटा मात्र समुह घटेको छ भने ६ वटा समुह बढेको छ । जलविद्युत समुह ८ दशमलव ३ अंकले घटेको छ भने बढ्नेमा सबैभन्दा बढी बैंकिंग समुह ४७ दशमलव ४७ अंकले, बीमा समुह ३० दशमलव ७ अंकले, विकास बैंक समुह २२ दशमलव २७ अंकले, होटल समुह १० दशमलव ७९ अंकले, फाइनान्स समुह १ दशमलव ४१ अंकले र अन्य समुह १ दशमलव १७ अंकले बढेको छ ।
कारोबारको आधारमा अत्याधिक बढनेमा नेपाल बङ्गलादेश बैंककोे रहेको छ जसको ३५ करोड ५८ लाख ६८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै युनाइटेड इन्स्योरेन्सको ११ करोड ७२ लाख १७ हजार रुपैयाँ, एभरेष्ट बैकको १० करोड ९८ लाख ७२ हजार रुपैयाँ, स्ट्याण्डर्ड चार्टर्ड बैंकको ८ करोड २४ लाख ७ हजार रुपैयाँ र दिप्रोक्स डेभलपमेन्ट बैंकको ५ करोड ३६ लाख २ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
सबैभन्दा धेरै आज स्ट्याण्डर्ड चार्टर्ड बैंकको १० प्रतिशतले मुल्यमा वृद्धि भएको छ भने सिन्धी विकास बैंकको ९ दशमलव ९३ प्रतिशतले, एनआईडीसी क्यापिटल मर्केको ९ दशमलव ८० प्रतिशतले, नेपाल इन्स्योरेन्सको ९ दशमलव ५५ प्रतिशत, ओम डेभलपमेन्ट बैकको ९ दशमलव ३९ प्रतिशत र सगरमाथा इन्स्योरेन्सको ९ दशमलव ३७ प्रतिशतले वृद्धि भएको छ ।
त्यस्तै गुमाउनेमा आज सबैभन्दा रिडि हाइडोपावर डेभलपमेन्टको ५ दशमलव ३३ प्रतिशतले, ओमी माइक्रोफाइनान्सको ३ दशमलव १३ प्रतिशतले र लुम्बिनी जनरल इन्स्योरेन्सको २ दशमलव २९ प्रतिशतले शेयरको मुल्यमा गिरावट आएको छ ।