Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

र्यापिड ल्याङ्ग्वेज एण्ड आइटी सेन्टरमा रेडियो, टेलिभिजन र स्टेज उद्घोषण तथा पत्रकारिता तालिम सुरु

असार ५ इटहरी
सुनसरीको इटहरीमा रहेको र्यापिड ल्याङ्ग्वेज एण्ड आइटी सेन्टरको आयोजनामा ७ दिने रेडियो, टेलिभिजन र स्टेज उद्घोषण तथा पत्रकारिता तालिम सुरु भएको छ । बिहीरबारदेखि सुरु भएको तलिममा रेडियो कार्यक्रम, टेलिभिजन कार्यक्रम सञ्चालन र स्टेजमा गरिने कार्यक्रम उद्घोषण तथा क्यामेरको प्रयोग सम्बन्धि कक्षाहरु सञ्चालन हुनेछन् । ¥यापीडले आफ्नो सँस्थामा कम्प्युटर तथा विभिन्न भाषाहरुको कक्षा लिने विद्यार्थीहरुलाई लक्षित गरेर सञ्चालन गरेको तालिममा मकालु टेलिभिनका रेवती निरौलाले प्रशिक्षण दिइरहनु भएको छ । तालिममा मकालु टेलिभिजनकै रोहित खनाल र नमस्ते एफ एम इटहरीका अर्जुन गुरागाईंले पनि प्रशिक्षण दिने प्रोपाइटर महानन्द गुरागाईंले जानकारी दिनुभयो । विद्यार्थीहरुमा बोल्ने बानिको विकास गराउनुका साथै रेडियो, टेलिभिजन र पत्रकारिताको समेत ज्ञान प्रदान गर्नका लागि हरेक वर्ष ¥यापीडले तालिम सञ्चालन गर्दै आएको उहाँले जानकारी दिनुभयो । ४० जना विद्यार्थीको सहभागितामा सञ्चालन भइरहेको तालिमको आगामी बिहीबार समापन हुनेछ । तालिममा सहभागीमध्येबाट उत्कृष्ट ३ जनालाई पुरस्कृत गरिने जनाइएको छ । इटहरीस्थित धरानरोडमा  रहेको ¥यापिड ल्यङ्ग्वेज एण्ड आइटी सेन्टरले कम्प्युटरका साथै अंग्रेजी, हिब्रु, कोरियन, जापानीज आदि भाषा र व्रिज कोर्षका कक्षाहरु सञ्चालन गर्दै आएको छ ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget