Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

३ दिनमा २ करोड गाजलुको व्यापार

शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र गाजलुले आक्रामक व्यापार गरेको छ । अधिकांश हलहरु हाउसफूल भएका छन् । काठमाण्डौं, पोखरा र नारायणघाट लगायत देशभरका अधिकांश हलहरुमा सोमबारसम्म पनि दर्शकको घुइँचो उस्तै छ ।
Gajaluप्रदर्शनको पहिलो दिन ५० लाखको आक्रामक ओपनिङ गरेको र आइतबारसम्मको व्यापार जोड्दा २ करोड नजिक पुगेको निर्माता रोहित अधिकारीले दाबी गरेका छन् ।
उपत्यकाका २१ र उपत्यका बाहिर ६० वटा हलहरुमा गाजलुको प्रदर्शन भइरहेको छ । प्रदर्शन अघि नै गाजलुलाई वहुप्रतिक्षित चलचित्रको रुपमा हेरिएको थियो ।
पूर्व कुमारी युवतीको प्रेम सन्दर्भ समेटिएको गाजलुको निर्देशन हेमराज वि.सीले गरेका हुन् । गाजलुमा चर्चित युवा स्टार अनमोल केसी, पूर्व मिस नेपाल सृष्टि श्रेष्ठ*, सलोन बस्नेत, गौरव पहारी लगायतको अभिनय रहेको छ ।
शनिबारदेखि अष्ट्रेलियाको सिड्नी आइतबारदेखि मेलवन शहरमा गाजलुको प्रदर्शन शुरु भएको छ । त्यहाँ पनि हाउसफूल भएको निर्माता अधिकारीले बताए ।
शुरुवातमै आक्रामक व्यापार गरेको गाजलुले सर्वाधिक कमाइको रेकर्ड बनाउने सम्भावना प्रबल देखिएको छ । अहिलेसम्म चलचित्र ड्रिम्सले ६ करोडको सर्वाधिक व्यापार गरेको छ ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget