विराटनगर २८ जेठ। विगत एकमहिनादेखी थुनामा रहेका नितेश अग्रवाल विहिवार जिल्ला अदालतवाट २० लाख ५ हजार धरौटीमा रिहा भएका छन् ।
अग्रवाल दुईवर्ष देखी कोशी अटोमोवाइलका मेनेजर भएर काम गरेका थिए । कोशीअटोमोवाइलको हर हिसावमा ४३ लाख रुपैया हिनामिना गरेको आरोपमा सञ्चालक राजेश बगडीयाले दिएको उजुरीमा अग्रवाल थुनामा परेका थिए ।
अग्रवाल कोशीअटो मोवाइलको रकम हिनामिना गरी क्रिकेटको जुवा खेलेर हारेको स्विकार गरेका छन् । हाल विराटनगरमा फड्का मार्ने जुवाडेमा अग्रवाल अग्रपंक्तिमा गनिन्छन् ।
विगत केही वर्षदेखी विराटनगरमा क्रिकेटको जुवा निकै फस्टाएको र खेल्ने मान्छे विचल्लीमा परेका छन् तर प्रशासन मौन भएका कारण कुनै कारवाही हुन सकिरहेको छैन । एक दुइजना पक्राउ परे पनि हजारौ मानिस यस क्रियाकलापमा सम्लग्न रहेको छन् ।