
आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले २०७३ पुसमा काम सम्पन्न गरी उत्पादन गर्ने योजनाको साथ अघि बढिरहेको अवस्थामा भूकम्प र नाकाबन्दीका कारण एक वर्ष ढिलाइ भएको बताए । ‘निर्धारित समयमै काम सम्पन्न हुन्छ,’ उनले भने । करीब रू. ३५ अर्बमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि निर्माण सम्पन्न हुँदासम्म रू. ५० अर्ब पुग्ने अनुमान गरिएको छ ।
प्रवक्ता न्यौपानेले हाल लामाबगरमा विद्युत् गृहको कामबाहेक अरु सबै काम सञ्चालन भइरहेको बताए । लामाबगर पुुग्ने बाटोमा भूकम्पसँगै आएको पहिरो नरोकिएका कारण काभ्रे भिरबाट लामाबगरको मौरेखोलासम्म ३ सय ६० मिटर लामो सुरुङ निर्माण भइरहेको छ । सुरुङ निर्माणको काम आयोजनाको मुख्य ठेकेदार कम्पन्नी सिनोहाइड्रोले गरिरहेको छ । रासस