खोटाङ,असार २ गते।
खोटाङको दिक्तेल नगरपालिका ९ बाम्राङ्ग स्थित मेरिगोल्ड बोडिङ्ग स्कुलमा बुधबार साँझ ५ बजे परेको चट्याङले सातजना घाइते भएका छन्।
खोटाङको दिक्तेल नगरपालिका ९ बाम्राङ्ग स्थित मेरिगोल्ड बोडिङ्ग स्कुलमा बुधबार साँझ ५ बजे परेको चट्याङले सातजना घाइते भएका छन्।
घाइते हुनेमा सोही स्कुलका बिद्ध्यार्थी खोटाङ दिक्तेल नगरपालिका ९ बस्ने ३ बर्षिय गौरब थापा,१० बर्षिया एलिजा थापा, र शिक्षक खोटाङ्ग याम्खा ८ बस्ने २२ बर्षिय सबिन कार्की, खोटाङ दिक्तेल नगरपालिका ९ बस्ने, ३३ बर्षिया देवी थापा, सोही स्थान बस्ने २६ बर्षिया मिना पाण्डे, ३१ बर्षिय चन्द्र बहादुर थापा र अभिभावक ३२ बर्षिया अपसरा थापा रहेका छन्।
घाइते सबैको जिल्ला अस्पताल खोटाङमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।