भोला अधिकारी
काठमाडौं २५ जेष्ठ । दर्शकलाई नेपाल टेलिभिजनमा मार्फत हँसाउदै र शन्देश दिदै आएको हास्य टेलिफिम्म हाकाहाकीले सफलताका साथ ५१ भाग पूरा गरेको छ । उत्त ५१ दिन पुरा गरेको खुसीयालीमा हाँस्य टेलिफिल्म ‘हाक्का हाकी’ ले खुसीयाली साटासाट गरेको छ ।
बत्तीसपुतलीस्थित एक पार्टी प्यालेसमा आयोजना गरिएको गौरवमय ५१ दिने खुसीयालीमा उपराष्ट्रपती नन्दकिशोर पुनले लिफिल्मका कलाकारहरुलाई बधाई पत्र ज्ञापन गरे ।
उपराष्ट्रपती पुनले ‘हाक्का हाक्की’ को आगामी भागको लागि शुभकामना दिदैं यस्ता हाँस्य टेलिफिल्महरुले देशको नीति र्माणमा समेत सहयोग पुर्याउने बताए । उक्त कार्यक्रमको पुनले नेपालका कलाकारहरुको सामाजिक उत्तरदायित्वका बारेमा शंसा गरेका छन् । कार्यक्रममा उपराष्ट्रपति पुनले हाक्काहाक्की टिमका साथै हाकहाक्कीलाई प्रत्यक्ष,अप्रत्यक्ष सहयोग गर्ने सबैलाई प्रशंसा पत्र तथा मायाको चिनो वितरण गरेका थिए । कार्यक्रममा राजनितीक दलका नेता तथा कलाकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा सम्माननिय उपराष्ट्रपति नन्द बहादुर पुन तथा अन्य विशेष अतिथिका रुपमा सभासद र्मल कुइकेल,मिडिया हवका अध्यक्ष सोम धिताल, नेपाल टेलिभिजन कर्मचारी संघका अध्यक्ष गोविन्द धिताल,निमित्त हाप्रवन्धक पकमणि धिताल,चलचित्र विकाश वोर्डका अध्यक्ष राजकुमार राई,नेपाल चलचित्र कलकार संघको अध्यक्ष रामकेशर गटी,प्रिज्मा एड्भर्टाइजिङका रन्जित आचार्य लगायतको उपस्थिति रहेको थियो ।
चरचित कलाकार दमन रुपाखेतीको कथा तथा निर्देशन रहेको ‘हाक्का हाकी’ मा उनी सहित कविता शर्मा, राजु भुजु लगायत १ दर्जन भन्दा बढी कलाकारहरुको अभिनय रहेको छ । मिडिया हब द्वारा प्रस्तुत नेपाल टेलिभिजन बाट प्रसारित हास्य ब्यङ्ग सिरियल हाक्का हाक्कीमा चर्चित कलाकार हरु दमन रुपाखेती, राजु भुजु, कबिता शर्मा, सुजित थापा ९डेभिड०, राम थापा, मेश कुमार केसी, शिब शर्मा ९भुकम्प माइलो० जनक बर्तौला, प्रकाश न्यौपाने, सिम्रन पौडेल मणिराज काफ्ले, सरस्वति खड्का थापा, ॐकुसलभ केसी,गोबिन्द खतिवडा लगायत अन्य चर्चित कलाकार हरु को भूमिका रहेको छ।