Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

बौद्ध गुम्बाको सिलान्यास


सुप्रिया राई असार ६
इटहरी,इटहरी उपमहानगरपालिका ७ को परिवर्तन टोलमा सोमवार तामाङ समुदायको तारा सिनछेन छ्योलिङ्ग गुम्बाको सिलान्यास कार्यक्रम गरिएको छ । करिव ३ कट्ठा जमिनको क्षेत्रमा १५ करोड रुपियाँको लागतमा निर्माण हुने सो गुम्बा चार तले हुने बताईएको छ । गुम्बा सिलान्यास समारोहमा इटहरी उपमहानगरपालिका तथा आसपासका क्षेत्रबाट सयौ तामाङ्ग सामुदायको नरनारीहरुको सहभागिता रहेको थियो । सो अवसरमा सम्पूर्ण तामाङ्ग नरनारीहरुले गुरु छोगेल रिम्पोछेबाट आर्शिवाद लिएका थिए । ६० फिट लामो तथा ६० फिट चौडा भएको बौद्ध गुम्वामा ४ फुट वाई ४ फुटको भगवान गौतम बुद्धको मुर्ति रहने निर्माण समितिका अध्यक्ष जङ्गबहादुर तामाङले जानकारी दिए । गुम्वा निर्माणका लागि आवश्यक पर्ने पैसा अवतारी छोगेल रिम्पोछेको सक्रियता र अन्य विभिन्न गैर सरकारी सङ्घ संस्थाबाट जुटाईने बताईएको छताराबहादुर तामाङ्गले प्रदान गरेको डेढ कट्ठा तथा अन्य ३३ जना तामाङ्ग दाताहरुले खरिद गरेको १ कट्ठा १६ धुर जमिनमा निर्माण गरिने तारा सिन्छेन छ्योलिङ्ग गुम्बाको १३ औ अवतारी छोगेल रिम्पोछेले विधिवत रुपमा  सिलान्यास गरिएको छ ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget