जेठ २०इटहरी
नेपाल चेलीवेटी अपाङग महिला समाज इटहरी सुनसरी को आयोजना तथा राष्ट्रिय अपाङ्ग पुनस्थापना समाज काठमाण्डौको सहयोगमा संस्थाको भवन अाँपगाछीमा विहीवार ह्वीलचियर वितरण कार्यक्रम सम्पन्न भएको छ । इटहरी उपमहानगरपालिकाका कार्यकारी अधिकृत महेशराज तिम्सिनाको प्रमुख आतित्थ्यतामा भएको सो कार्यक्रममा १८ वटा ह्वीलचियर र ५ वटा ट्राइसाइकल वितरण गरिएको थियो भने कार्यक्रममा राष्ट्रिय अपाङ्ग पुनस्थापना समाज काठमाण्डौका महासचिव सुगम भट्टराईले हालसम्म नेपालभरिमा १० हजार ह्वीलचियर बाँडिसकेको र अव आउने दिनमा अपाङ्गता भएका मानिसहरुको विवरणको आधारमा ह्वीहचियर वितरण गरिने पनि वताउनु भयो ।कार्यक्रममा इटहरी असाहय उत्थान का अध्यक्ष गोपाल भन्डारी,जेष्ठ नागरीक समाज इटहरीका प्रतिनिधि,साथै विभिन्न ठाँउका मानिसहरुको उपस्थिती रहेको उक्त कार्यक्रमको सभापतित्व संस्थाको अध्यक्ष दिल कुमारी राईले गर्नु भएको थियो ।