सुप्रिया राई असार १५
इटहरी÷बजागाजा सहित सुनसरी जिल्लाको विभिन्न स्थानमा राष्ट्रिय धान दिवश मनाउने क्रममा पूर्वाञ्चल क्षेत्रीय कृषि अनुसन्धान केन्द्र तरहराले रमाईलोसँग हिलो खेल्दै धान रोप्न तयार पारेको खेतका गराहरुमा धान रापेर दिवश मनाएको छ ।केन्द्रका प्रमुख डा. कृष्ण श्रेष्ठको नेतृत्व तथा सोही केन्द्रका पूर्व प्रमुख चितरञ्जन यादवको प्रमुख आतिथ्यमा ब्यवसायिक धानखेतीको आधार सामुदायिक नर्सरीको विस्तार भन्ने यो बर्षको राष्ट्रिय धान दिवशको नारा सहित केन्द्रले धान दिवशको सन्देश विस्तार गरेको छ । सुनसरी जिल्लामा वुधवार विहानैदेखि विभिनन स्थानमा रमाईलोसँग गीत गाएर नाचगान गर्दै राष्ट्रिय धान दिवश समारोह मनाउने क्रममा नेपाल किसान सङ्घ सुनसरीले इटहरी २० पकलीमा पनि बृहत भेला सहित खेतमा रमाईलो गर्दै धान रोपेर दिवश मनाएको ाछ । किसान सङ्घ सुनसरीका सभापति बिष्णुवहादुर डाँगीको सभापतित्वमा भएको धान दिवश समारोहमा सरोज दुलाल केशव भट्टराई लगायतले धान दिवशको महत्वका विषयमा बोल्नु भएको थियो ।पूर्वाञ्चलमा ५ लाख हेक्टर जमिनमा धानखेती गरिदै आएको भए पनि केही बर्षदेखि त्यसमा कमि आएर अहिले ४ लाख हेक्टर जमिनमामात्र धान खेती गरिदै आएको डा. कृष्ण श्रेष्ठले आँकडा दिनुभएको छ ।उहाँका अनुसार यो बर्ष मनसुन ढिला आएका कारण धान बीउको ब्याड रखाईमा नै ढिलाई हुन गएकाले पहाडी क्षेत्रमा आसार १५ वितिसक्दा पनि २० प्रतिसत भूमिमामात्र धान रोपाई भएको छ । यता तराईका क्षेत्रमा भने अझ कम १० प्रतिसत खेतमामात्र धान रोपाई भएको पनि उहाँले जानकारी दिनुभयो ।